Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • फेवातालमा डुङ्गा पल्टिएर डुबेका ३ जनाको सकुशल उद्दार


    आइतबार, कार्तिक १६ २०८२
    655
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पोखरा । कास्की जिल्लाको पोखरा महानगरपालिका–६ लेकसाइडस्थित फेवातालमा कार्तिक १६ गते डुङ्गा पल्टिएर डुबेका ३ जनाको सकुशल उद्दार गरिएको छ ।

    डुङ्गा अचानक पल्टिए पछि डुङ्गामा सवार चालक सोही महानगरपालिका आमबोटघाट बस्ने ४० बर्षीय महेश सुनार, रुपन्देही जिल्लाको बुटवल उपमहानगरपाािलका–३ बस्ने ४९ बर्षिय सोमबहादुर तामाङ र ४४ बर्षीय लालमान थारू फेवातालमा डुबेका थिए ।

    घटनाबारे जानकारी पाउनासाथ नेपाली सेना र सशस्त्र प्रहरी बल नेपाल नं २४ कालिका गण कास्कीबाट फेवा रेस्क्यु टावरबाट सशस्त्र प्रहरी सहायक निरीक्षक देबेन्द्र केसीको कमाण्डमा खटिएको संयुक्त विपद् उद्दार टोलीले मोटरवोटको सहायताले उनीहरुको सकुशल उद्दार गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार