Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा अख्तियारको छापा


    आइतबार, कार्तिक १६ २०८२
    945
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयको टोलीले छापा मारेको छ ।

    आइतबार अख्तियारको विशेष टोलीले नगरपालिकाको कार्यालयमा छापा मारेर केही कागजातहरू नियन्त्रणमा लिएको छ । अनियमितता भएको भन्ने उजुरी आएपछि अख्तियारले आइतबार छापा मारेको हो ।

    भोटेकोशी जलविद्युत् आयोजनासँग अस्पतालका लागि भन्दै नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले ५ करोड लिएको आरोप छ । धम्क्याएर अस्पतालका भनेर रकम लगेको तर उक्त रकम हिनामिना गरेको भन्ने सूचना आएपछि अख्तियारको टोली खटिएको थियो ।

    अख्तियारले छापा मार्दा २० लाखको हिसाब किताब भेटिएन नभेटिएको हो । ‘प्रारम्भिक अनुसन्धानका क्रममा २० लाखको हरहिसाब देखिन्छ । बाँकी रकम कहाँ गयो, केही पनि उल्लेख नभएको अख्तियारले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार