Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • राष्ट्रपति कार्यालय तोडफोड र आगजनी गर्ने ३ जना पक्राउ


    शुक्रबार, कार्तिक १४ २०८२
    685
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा तोडफोड र लुटपाट गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा बैतडीको मेलौली नगरपालिका–७ का १८ वर्षीय विशाल सिंह कार्की, बैतडीकै सुर्नया गाउँपालिका–८ का १९ वर्षीय दीपक बोहरा र बझाङको बित्थडचिर गाउँपालिका–१ का १९ वर्षीय हेमन्त बोहरा रहेका छन् ।

    उनीहरुले जेनजी आन्दोलनको बेला राष्ट्रपति कार्यालयमा तोडफोड र आगजनी गरेका थिए । साथै त्यहाँबाट उनीहरुले सरसामान चोरेका थिए ।

    उनीहरुको साथबाट राष्ट्रपति कार्यालयका प्रिन्टर, वाईफाई राउटर लगायतका सामग्री बरामद भएको प्रहरीले बताएको छ ।

    पक्राउ परेकाहरुविरुद्ध चोरी तथा आपराधिक उपद्रवको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार