Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसद विघटनविरुद्ध सर्वोच्चमा जवाफी बहस सुरु


    आइतबार, फाल्गुन २ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आजदेखि जवाफी बहस सुरु भएको छ । सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार आजबाट रिट निवेदकले जवाफी बहस गरिरहेका छन् । 

    प्रधानमन्त्री केपी शर्मा ओलीकातर्फबाट कानून व्यवसायीले गएको बिहीवार बहस सकेपछि आजदेखि जवाफी बहस गरेका कानून व्यवसायीले उठाएका प्रश्नको जवाफ रिट निवेदकका तर्फबाट वकिलहरुले जवाफ दिन लागेका हुन् ।

    सुनुवाइ अदालतको संवैधानिक इजलासमा भइरहेको छ । इजलासमा प्रधानन्यायाधिश जबराको नेतृत्वमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्ह्वा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेका छन् ।

    प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको पुस ५ गते संसद विघटन गरेपछि त्यसविरुद्ध परेको मुद्दामा बहस भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार