Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जेनजी आन्दोलनमा प्रहरीको बर्दी लगाउँदै लुटपाट र आगजनी गर्ने तीन जना पक्राउ


    बिहिबार, कार्तिक १३ २०८२
    860
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । जेनजी आन्दोलनको क्रममा प्रहरीको बर्दी लगाउँदै लुटपाट र आगजनी गर्दै हिँड्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    सिन्धुपाल्चोक घर भएका १८ वर्षीय रिहान गुरुङ, नुवाकोट घर भएका १८ वर्षकै समीर श्रेष्ठ र रामेछाप घर भएका १७ वर्षीय दिवस बस्नेतलाई प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।

    आन्दोलनको क्रममा प्रहरीको बर्दी लुटेर लगाउँदै आगजनी र तोडफोड गरेको उनीहरूमाथि आरोप छ ।

    उनीहरूलाई सीसीटिभी फुटेजका आधारमा पहिचान गरेर गोकर्णेश्वरको तालिनचोकबाट बुधबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार