काठमाडौं । आगामी फागुनदेखि राष्ट्रियसभाका १९ जना सांसदहरूको कार्यकाल समाप्त हुँदैछ । जेनजी आन्दोलनपछि गठन भएको सरकारले राष्ट्रियसभाको रिक्त सदस्यको निर्वाचन गर्ने भएको छ ।
राष्ट्रियसभाको कार्यकाल समाप्त हुनेमध्ये एमालेका ८, माओवादी केन्द्रका ७, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्र्टी (लोसपा) का एक–एक सांसद तथा राष्ट्रपतिद्वारा मनोनीत एक सांसद रहेका छन् ।
संघीय संसदका प्रवक्ता एकराम गिरीका अनुसार, कार्यकाल सकिएर बिदा हुन लाग्ने सांसदहरूमा माओवादी केन्द्रबाट गोपीबहादुर सार्की अछामी, गङ्गाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, नारायणकाजी श्रेष्ठ, मायाप्रसाद शर्मा र राधेश्याम पासवान छन् ।
त्यस्तै, एमालेका इन्दिरादेवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदादेवी भट्ट र सुमित्रा बीसीको कार्यकाल पनि फागुनदेखि समाप्त हुँदैछ ।
एकीकृत समाजवादीका बेदुराम भुसाल, जसपाका मृगेन्द्रकुमारसिंह यादव, लोसपाका शेखरकुमार सिंह र राष्ट्रपतिबाट मनोनीत सांसद वामदेव गौतम पनि कार्यकाल सकिएर बिदा हुने सांसदहरूको सूचीमा परेका छन् ।
सरकारले राष्ट्रिय सभाको रिक्त हुन लागेका पद पूर्तिका लागि आगामी माघ ११ गते निर्वाचन मिति तय गरेको छ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend