काठमाडौं । नेकपा ओली समूहको आयोजनामा रुपन्देहीको बुटवलमा जुलुस प्रदर्शन सुरु भएको छ । ओली समूहले आज बुटवलमा शक्तिप्रदर्शन गर्ने भएकाले लुम्बिनी प्रदेशबाट मन्त्री भएका अर्थमन्त्री बिष्णुप्रसाद पौडेल, टोपबहादुर रायमाझी, प्रदीपकुमार ज्ञवाली, मणिचन्द्र थापासहितको टोली मानिस जुटाउन केही दिनदेखि नै बुटवलमा तैनाथ रहेका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पनि मानिस भेला पार्न अहोरात्र लागेका छन् । सत्तामा भएकाले नियुक्तिदेखि ठेक्कापट्टाको आश्वासन दिएर मानिसको संख्या देखाउन ओली पक्ष लागेको छ ।
बुटवलको सभामा २ लाख मानिस उतार्ने दाबी ओली समूहले गरेको छ । जति गर्दा पनि मानिस भनेजति नजुट्ने देखेपछि जग्गा दिने प्रलोभन देखाएर मानिस भेला पार्ने काम ओली समूहले गरेको छ ।
बुटवलको सिद्धेश्वर माविको प्रांगणमा आयोजना हुने सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् । ओली पक्षले सभाका लागि सिद्धेश्वर मावि प्रांगणमा आकर्षक मन्च तयार गरेको छ । सभालाई बुटवलबाटै प्रतिनिधित्व गर्ने अर्थमन्त्री तथा पार्टीका महासचिव तथा विष्णु पौडेल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट लगायतका नेताहरुले सम्वोधन गर्दैछन् ।
ओली पक्षले असंवैधानिक रुपमा गरेको संसद विघटन बाध्यात्मक परिस्थितिको उपज भएकोबारेमा जानकारी दिन सभा आयोजना गरिरहेको छ । नेकपा प्रचण्ड–माधव पक्षले माघ १५ मा बुटवलमा विशाल बिरोध प्रदर्शन गरेपछि ओली पक्षले त्यसलाई काउन्टर दिन आजको सभा राखेको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधामको गंगा सागर जाने भएका छन् । तिहार, नेपाल संवत् तथा छठ...
विराटनगर । आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर आफूखुसी उम्मेदवारी घोषणा गर्ने क्रम बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई कार्यकर्ता व्यवस्थापनमा सकस परेको छ। स्थानीय तहको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सीडीओ, डीएसपी, एसपी हाम्रै भएकाले नेता कार्यकर्तामा उन्माद बढेको भने पनि सांसद आशिका तामाङले २ दिनमा...
काठमाडौं । सरकारले सार्वजनिक खरिद प्रक्रियामा आबद्ध श्रमिकको न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा र बीमासम्बन्धी व्यवस्था अनिवार्य गरेको छ । सरकारले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिक...
काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले १० भदौको विनाशकारी बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएकाका सन्तानलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउन मन्त्रीस्तरीय निर्णयमार्फत प्रक्रिया अगाडि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend