Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज बुटवलमा नेकपा ओली समूहको शक्ति प्रदर्शन हुँदै, प्रधानमन्त्रीले सम्बोधन गर्ने


    शनिबार, फाल्गुन १ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बुटवल । बुटवलमा आज  प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शक्ति प्रदर्शन गर्दैछ ।

    सत्तारुढ नेकपाले आज बुटवलमा आयोजना गरेको जनसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्वोधन गर्दैछन् । सभामा २ लाख जनता उतार्ने दावी ओली समूहले गरेको छ । सभा मध्याह्न १२ बजेपछि बुटवल–७ को सिद्धेश्वर माविको प्रांगणमा हुनेछ ।

    रूपन्देही जिल्लाबाट एक लाख र अन्य जिल्लावाट एक लाख गरी २ लाख जनता भेला पार्ने ओली समूहका लुम्बिनी प्रदेश इन्चार्ज एवम् मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन् ।
    ओली समूहको लुम्बिनी प्रदेश कमिटीको आयोजनामा हुने सभाका लागि पाल्पा, अर्घाखाँची, दाङ, बाँके, बर्दिया लगायतका क्षेत्रबाट मानिसहरु बुटवल ल्याउन थालिएको छ ।

    सो सभालाई ‘काउन्टर’ दिनका ओली समूहले प्रतिनिधिसभा विघटनको पक्षमा आज आमसभा आयोजना गरेको हो । ओली समूहका प्रदेश कमिटी इञ्चार्ज समेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले आमसभाका सबै तयारी पूरा भएको जानकारी दिएका छन् ।

    बुटवलमा आज हुने शक्ति प्रदर्शन सफल पार्न  अर्थमन्त्री बिण्णु पौडेल लगाएत नेकपाका नेता तथा कार्यकर्ता लागि परेका छन् । गत माघ १५ गते नेकपाकै प्रचण्ड–माधव समूहले विरोध सभा आयोजना गरेको थियो ।सो सभालाई ‘काउन्टर’ दिनका लागि नेकपाले  ओली समूहले प्रतिनिधिसभा विघटनको पक्षमा आज आमसभा आयोजना गरेको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार