Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • मन्त्रिपरिषद बिस्तार गर्दै प्रधानमन्त्री, ४ मन्त्री थपिदै


    आइतबार, कार्तिक ९ २०८२
    890
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जेनजी बिद्रोहको ४५ दिन पुग्न लाग्दा बल्लतल्ल मन्त्रिपरिषदले पूर्णता पाउने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार सरकार बिस्तार गर्न लागेकी छन् । आइतबार ४ जना मन्त्री नियुक्तिको तयारीमा प्रधानमन्त्री कार्की छन् ।

    कार्की नेतृत्वको सरकारमा मन्त्री हुने चर्चामा डा. सुधा शर्मा, खगेन्द्र सुनार, गणपतिलाल श्रेष्ठ र बब्ल गुप्ता मन्त्री हुने चर्चामा छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा डा. शर्मा, श्रम तथा रोजगारमा सुनार, श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र गुप्ता युवा तथा खेलकुद मन्त्री हुने चर्चा छ ।

    चारै जना मन्त्रीलाई आजै सपथ खुवाउने तयारी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार