Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • शनिबारदेखि नेकपा प्रचण्ड- नेपाल समूहको पूर्वका तीन जिल्लामा विरोध सभा


    शुक्रबार, माघ ३० २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। प्रतिनिधिसभा विघटन र सरकारले संवैधानिक निकायमा गरेको असंवैधानिक नियुक्तिको बिरोधमा काठमाडौंलगायत देशका ठूला शहरहरुमा जनसभा गरिसकेको  नेकपा प्रचण्ड नेपाल समूह जिल्लातिर केन्द्रित हुन थालेको छ ।

    सरकारले संवैधानिक निकायमा गरेको असंवैधानिक नियुक्ति र प्रतिनिधिसभा विघटनको विरोधमा संघीय राजधानीलगायत देशका ठूला शहरमा चरणवद्ध आन्दोलन गरेको नेकपा  प्रचण्ड नेपाल समूहले अब विरोधका कार्यक्रमहरु जिल्लातिर पनि केन्द्रित गर्न थालेको हो ।

    नेकपाले भोलिदेखि पूर्वका तीन जिल्लामा विरोधसभा गर्ने भएको छ ।प्रतिनिधिसभा विघटनपछिको पछिल्लो राजनीतिक घटनाक्रम र यसले पार्ने दूरगामी असरका बारेमा नेता–कार्यकर्ता र सर्वसाधरण नागरिकलाई जानकारी गराउने उद्देश्यले पूर्वका तीन जिल्लामा विरोधसभाका कार्यक्रम तय गरिएको नेकपाले जानकारी दिएको छ ।

    शनिबार धनकुटामा, आइतबार तेह्रथुममा र सोमबार सुनसरीमा विरोध कार्यक्रम राखिएको नेकपाले जनाएको छ । तीनै जिल्लाका कार्यक्रमलाई अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्दैछन् ।

    प्रधानमन्त्रीको कदमविरुद्ध सडक संघर्षमा उत्रिएको नेकपा (प्रचण्ड–नेपाल) पक्षले माघ ९ र २८ गते काठमाडौंमा, माघ १५ गते बुटवल, माघ १६ गते विराटनगर र १७ गते धनगढीमा बृहत विरोध सभा गरिसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार