Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वीरगञ्जमा सशस्त्र प्रहरी र बालुवा तस्करबीच झडप, ३ जना प्रहरी घाइते


    शुक्रबार, माघ ३० २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • वीरगञ्ज । वीरगञ्जमा सशस्त्र प्रहरी र बालुवा तस्करबीच झडप हुँदा ३ जना सुरक्षाकर्मी घाईते भएका छन् । ओरिया खोलाको बालुवा अवैध रुपमा उत्खनन गरीरहेको अवस्थामा सशस्त्र प्रहरी र भारतीय बालुवा तस्करबिच झडप हुँदा उनीहरू घाइते भएका छन् ।

    पर्साको जगरनाथपुर गाउँपालिका वडा न. १ पिपडाढीमा ओरिया खोलाको बालुवा उत्खनन गरीरहेको भारतीय ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा भएको झडपमा ३ जना सशस्त्र प्रहरी घाइते भएका हुन् ।

    सशस्त्र प्रहरी आउट पोष्ट पिडारीगुठी र महादेवपट्टीको सयुँक्त टोलीले अवैध रुपमा भइरहेको बालुवा उत्खननलाई रोक्न खोज्दा भारतको गदियानी भंगाहाका स्थानीयहरुले लाठी, भाठा, बेल्चा तथा ढुंगामुढा प्रहार गरेर सशस्त्र प्रहरीलाई आक्रमण गरेका थिए ।

    झडपमा घाइते भएका सशस्त्र प्रहरीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएको ट्याक्टर समेत भारतीयले लिएर गएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार