काठमाडौं । नेपाल बैंक लिमिटेड पछिल्लो समयमा खराव कर्जाका कारण उठ्नै नसक्ने अवस्थामा छ । बैंकले गोल्छा अर्गनाइजेशनको अर्को व्यवसायिक संस्था श्री भृकुटी पल्प एण्ड पेपर नेपाल लिमिटेडलाइ दिएको ऋण उठाउन लामो समयदेखि सकिरहेको छैन । चारवटा बित्तीय संस्थाहरु नेपाल बैंक लिमिटेड, राष्ट्रिय बाणिज्य बैंक, कर्मचारी सञ्चयकोष र हिमालयन बैंक लिमिटेडको भृकुटी पल्प एण्ड पेपर नेपाल लिमिटेडमा झण्डै १२ अर्ब ऋण पुगिसक्दा पनि गोल्छा अर्गनाइजेशनलाई पत्रिकामा सूचना प्रकाशन गर्ने, कालोसूचीमा राख्ने काममा अलमल गरिएको छ ।
संविधानसभाका तत्कालीन अध्यक्ष सुवास नेम्वाङकी बुहारीले इलाम नगरपालिकाको जग्गा जमिन धितो राखेर नेपाल बैंकसँग लिएको साँवा ब्याज जोड्दा भएको झण्डै दुई करोड ऋणका लागि भने नेपाल बैंकले पत्रपत्रिकामा सूचना प्रकाशन गरीे हायलकायल बनाएको थियो । नेम्बाङकी भाइबुहारीले उद्योगका लागि लिएको ऋण साँवा र ब्याज गरी मात्रै दुई करोड पुगेको हो ।
त्यसैगरी नेपाल बैंक लिमिटेडको ठूलो ऋण लगानी श्रीराम सुगर मिलमा पनि फसेको छ । त्यसो त २०७२ सालमा नै नेपाल बैंंकको खराव कर्जा चार प्रतिशत भन्दा बढी थियो ।
नेपाल बैंकका केही अधिकारीहरु भने बढुवाका लागि उच्च निकायमा धाउने क्रम बढेको छ । यसअघि प्रमुख कार्यकारी अधिकृतका लागि प्रतिस्पर्धा गरेकी डिसईओ समता पन्त भदौ महिनामै सेवानिवृत्त भएपछि उक्त पद खाली छ । यो पदका लागि प्रतिस्पर्धामा प्रकाश अधिकारी र विश्वराज बराल छन् । यसमध्ये अहिले बरालले आफू डीसीइओ हुनुपर्छ भन्दै अर्थमन्त्री रामेश्वर खनाल र सञ्चालक समितिका अध्यक्षसँग हारगुहार गरिरहेका छन् ।
यसरी उनले वरिष्ठ अधिकारीसँग बढुवाका लागि अनुनय विनय गरेको बुझिएको छ । केही समयअघि बाहिर जानुपर्दा प्रमुख कार्यकारी अधिकृत तिलक पाण्डेले बरालको नम्बर धेरै आउने ठानेर कामु पनि दिएका थिए । बरालले आफूलाई डीसीईओ बनाउनका लागि कर्मचारी युनियनसँग रोईकराई गरेका छन् । योग्य र इमान्दारिताको कसीमा कमजोर बराललाई डीसीईओ बनाएमा बैंकको अवस्था अझै कमजोर बन्ने निश्चित भएको एकजना सञ्चालकले डायरी एक्सप्रेस साप्ताहिकसँग बताए ।
कर्जा हेर्ने सहायक प्रमुख कार्यकारी अधिकृत रहेका बरालले भृकुटी कागज कारखानाका लागि ऋण लिएको गोल्छा अर्गनाइजेशनका हितेश गोल्छासँग विशेष सम्बन्ध बनाएर कानूनबिपरीत हालसम्म पनि कालोसूचीमा राखेका छैनन् । कालोसूचीमा नराखेका कारण उनलाई गोल्छा अर्गनाइजेशनका हितेश गोल्छाबाट राम्रै कमिसनको शुभलाभ प्राप्त भएको बताइन्छ ।
सोमबारको डायरी एक्सप्रेस साप्ताहिकमा समाचार छ–गोल्छाले भृकुटीका लागि लिएको ऋण ट्याक्सहेवन (हानिकारक कर पद्दति) मुलुकमा लगेर राखेको भए पनि बैंकको अनुगमन फितलो भएकाले कुनै कारबाही भएको छैन ।
नेपालीको रकम पनि ट्याक्सहेवन देशमा लगेर राखिएको विषय अन्तर्राष्ट्रिय सञ्चार माध्ययम विक्लिक्सले सार्वजनिक गरेको थियो । बैंकले भृकुटी कागज कारखानालाई दिएको ऋण कहाँ लगानी भयो भन्ने विषयमा बैंकका अधिकारीहरु बताउन चाहँदैनन् । बैंकको ऋण असुली विभागका मूख्य प्रवन्धक प्रदीपकुमार पाठकले पनि चारवटा बैंकको लगानी रहेको कन्सोर्टियमको बैंठकमा अलमल गराई समय बिताएका छन् ।
त्यसो त बढुवाका लागि मरिहत्ते गरेका विश्वराज बरालकी श्रीमती कोपिला अधिकारी बराल पोखराको पृथ्वी चोकमा रहेको नेपाल बैंकको शाखाबाट सामाजिक सुरक्षा भत्ताबापत जेष्ठ नागरिकले पाउने रकम हिनामिना गरेका कारण कारबाहीमा परेकी पात्र हुन् । यस्तो गम्भीर गल्तीमा पनि छानबिनमा दोषी ठहर भएपछि बैंकले बर्खास्तमात्र गरेको थियो । त्यसका लागि श्रीमान् बराल बिभिन्न शक्तिकेन्द्रमा धाएको स्रोतको दाबी छ । यस विषयमा प्रतिक्रियाका लागि विश्वराज बरालसाग सम्पर्क गर्दा सफल हुन सकेन ।
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको...
काठमाडौं । सिङ्गो देश प्राकृतिक विपत्तिको मारमा परेको बेलामा खाना पकाउने एलपी ग्याँसमा सरकारले मूल्यबृद्धि गरेको छ । विगत २ महिनादेखि ग्याँस सहज आपूर्ति...
काठमाडौं । नेपाली बजारमा पछिल्लो समय निरन्तर बढेर उच्च मूल्य तिर लागेको सुनको भाउ ओरालो लाग्न थालेको छ। सोमबार सुनको मूल्य प्रतितोला २ हजार...
काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ। अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार...
काठमाडौँ। बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले घोषणा गरेको १ करोड सहयोग आज नेपाल सरकारका अर्थमन्त्रीलाई हस्तान्तरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend