Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • मोहन वैद्यले दिए राजीनामा, महासचिव सीपी गजुरेल नियुक्त


    आइतबार, कार्तिक २ २०८२
    660
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ले पदबाट राजीनामा दिएका छन् । स्वास्थ्यका कारण देखाउँदै महासचिव वैद्यले राजीनामा दिएका हुन् ।

    वैद्यको राजीनामा शनिबार राति सकिएको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले स्वीकृत गरेको छ । नेता हुकुम सिंहका अनुसार वैद्यको राजीनामा स्वीकृत गरेर नयाँ महासचिवमा वरिष्ठ नेता चन्द्रप्रकाश (सीपी) गजुरेललाई नियुक्त गरिएको छ ।

    किरण गत वर्ष मंसिर २३ गते कीर्तिपुरमा सम्पन्न महाधिवेशनबाट सर्वसम्मत महासचिव नियुक्त भएका थिए । लामो समय निमोनिया र दमबाट पीडित किरण जेठदेखि पटक पटक अस्पताल भर्ना भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार