Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • सप्तरीमा गोली हानी पुजारीको हत्या


    आइतबार, कार्तिक २ २०८२
    965
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको हत्या भएको छ ।

    ७३ वर्षीय पुजारी रामदुलार साहको बिहान २ बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको हो ।

    गाउँको पूर्वतर्फ रहेको मन्दिरका पुजारी साह कुटी बनाएर एक्लै बस्दै आएका थिए । अज्ञात समूहले पुजारीलाई सडकमा निकालेर पिठ्युमा गोली प्रहार गरेर हत्या गरेको उनका परिवारका सदस्य रामसुन्दर साहले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार