Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बढ्दो सुरक्षा चुनौतीलाई गम्भीरतापूर्वक लिन गृहमन्त्रको निर्देशन


    शुक्रबार, असोज ३१ २०८२
    695
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले पछिल्लो समयमा देखिएका धार्मिक र साम्प्रदायिक केही घटनाका कारण सुरक्षा चुनौती थपिएको बताएका छन् ।

    ७० औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री अर्यालले उक्त कुरा बताएका हुन् ।

    ‘पछिल्लो समय यता केही जिल्लाहरूमा देखिएको धार्मिक तथा साम्प्रदायिक विरोधका घटनाहरूले नेपाली समाजको विशेषता को रूपमा रहेको आपसी सद्भाव सहिष्णुता तथा भाइचारामा खलल पुर्‍याउने दुष्प्रयास गरेको देखिन्छ । यसले समग्र राष्ट्रको सुरक्षा व्यवस्थामा चुनौती थपेको छ’ मन्त्री अर्यालले भने ।

    जसकारण यस्ता गतिविधिलाई रोक्ने बेलैमा लाग्न सुरक्षा निकायलाई निर्देशन समेत दिएका छन् ।

    यस्ता गतिविधिलाई बेलैमा इन्टरभेन्ट गरी भविष्यमा पुनरावृत्ति हुन नदिन गम्भीरतापूर्वक लाग्न समेत निर्देशित गर्न चाहन्छु,’ मन्त्री अर्यालले भने ।

    विगत केही समय यता नागरिकमा बढेको असन्तुष्टि निराशाका कारण भाद्र २३ र २४ गते जेनजी युवा समूहद्वारा आयोजित विरोध प्रदर्शन र आन्दोलन अपेक्षा गरिए भन्दा फरक बन्न पुगेको पनि उनले बताए ।

    समाजका हरेक घटनामा प्रहरीले नै फर्स्ट रेस्पोन्डरको रूपमा काम गर्ने र कानुन कार्यान्वयनमा प्रहरी नै अग्रपंक्तिमा रहने कारणले प्रहरीको काम कारबाहीको सम्बन्धमा मात्रै नभई सरकार प्रतिको धारणा त्यसको प्रतिक्रियामा समेत प्रहरी निशानामा पर्ने उनले बताए ।

    २३ र २४ भदौको विरोध प्रदर्शन र आन्दोलन यसैको प्रतिबिम्ब रहेको उल्लेख गर्दै मन्त्री अर्यालले नेपाल प्रहरीका हुनहार तीन जना प्रहरी कर्मचारीले जीवन उत्सर्ग गरेको बताए ।

    साथै प्रहरीका सांगठनिक देखि व्यक्तिगत सामानहरू पनि लुटपाट र आगजनी भएका छन् ।

    त्यसैको अभाव झन् त्यसमा पनि यस किसिमको क्षतिले केवल नेपाल प्रहरीलाई मात्र हैन आम नागरिक जीवनमा समेत प्रभाव पारेको उनले बताए ।

    न्यून साधन स्रोतबाट कार्यसम्पादन गर्दै आइरहेको नेपाल प्रहरीलाई यस आन्दोलनले निकै ठुलो क्षति पुर्‍याएको मन्त्री अर्यालले उल्लेख गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार