काठमाडौं । संसद विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेका एक दर्जनभन्दा बढी रिटमा प्रधानमन्त्रीका तर्फको बहस सकिएको छ ।
गत माघ १९ गतेबाट महान्यायाधिवक्ता अग्नि खरेलले बहस सुरु गरेका थिए ।
प्रधानमन्त्रीका तर्फबाट अन्तिम दिन बिहीबार कानून व्यवासायीहरु पंकज कर्ण, बाबुराम दाहाल, धर्मराज रेग्मी, बोलाराम पाण्डे, रामचन्द्र गौतम, विष्णुमाया भुषाल र भगवती पाण्डेले बहस गरेका थिए । त्यसपछि प्रधानमन्त्रीकै तर्फबाट कानून ब्यवसायीहरुका तर्फबाट वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूले बहस गरेका थिए ।
प्रधानमन्त्रीका तर्फका वकिलहरुको बहस सकिएलगत्तै सभामुख अग्नि सापकाेटाका तर्फका अधिवक्ताहरुको बहस सुरु भएको छ ।
सभामुख सापाकोटका तर्फबाट अधिवक्ता श्रीकृष्ण सुवेदीले बहस सुरु गरेका थिए । संसद विघटन विरुद्धको मुद्दामा सभामुख सापकोटालाई पनि विपक्षी बनाइएको छ ।
सरकारकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भणडारीले गत पुस ५ गते संसद विघटन गरेपछि त्यसविरूद्ध सर्वाेच्च अदालतमा एक दर्जनभन्दा बढी रिट परेका छन् । तिनै रिटमाथि माघ ४ गतेबाट सर्वाेच्च अदालतकाे संवैधानिक इजलासमा निरन्तर सुनुवाइ भइरहेकाे छ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend