Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • सुनको भाउले फेरि बनायो नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?


    बुधबार, असोज २९ २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा सुनको भाउले फेरि नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेको हो।

    बुधबारका लागि सुनको भाउ प्रतितोला २ लाख ४८ हजार ९ सय रुपैयाँ तोकेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ४ सय बढी हो । अघिल्लो दिन २ लाख ४८ हजार ५ सयमा सुनको कारोबार भएको थियो ।

    शुक्रबारयता सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाएको छ । गत शुक्रबार सुन प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदीको भाउ भने उच्च मूल्य रेकर्डबाट आज घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ३२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ८५ रुपैयाँ घट्दै ३ हजार २४० मा झरेको महासंघले जनाएक छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार