काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले अबैध हुन्डीको ४ लाख ३४ हजार रकमसहित बीरगञ्ज महानगरपालिका वडा न. १६ बस्ने किसन यादवलाई नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा आइतबार दिउँसो खटिएको टोलीले बीरगञ्ज महानगरपालिका वडा नं. १० आदर्शनगर नबिल बैंक अगाडि सडक खण्डमा एक जना अपरिचित व्यक्ति शंकास्पदरूपमा हिंडिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका यादवको खानतलासी गर्दा यादवले लगाएको सेतो जिन्स पाइन्टको खल्तीबाट नेपाली रू. ४ लाख ३४ हजार फेला पारेको थियो ।
हुन्डीको रकम कानूनबमोजिम बरामद गरी मुलुकी अपराध संहिता, यादवलाई २०७४ को दफा १२५ को (क) बमोजिम (हुण्डी सम्बन्धी कारोबार गर्न नहुने) कसूरमा पर्सा जिल्ला अदालतबाट दिन ५ दिन म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी किशोर लम्सालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend