Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • ‘टीओबी’ टिसर्ट लगाएका पेस्तोलधारी युवा पक्राउ, प्रहरीले थाल्यो अनुसन्धान,


    आइतबार, असोज २६ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । गएको भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा ‘टीओबी’ लेखिएको टिसर्ट लगाएर हिँड्ने समूहबारे प्रहरीले अनुसन्धान थालेको छ । आन्दोलनका बेला बिजुलीबजार पुलमा ‘पेस्तोल’सहित देखिएको भिडियो सार्वजनिक भएपछि प्रहरीले त्यसप्रति विशेष चासो देखाएको छ ।

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गोली प्रहरीले प्रहार नगरेको दाबी गर्दैआएको परिप्रेक्ष्यमा टीओबी टिसर्ट लगाएका युवाले पेस्तोल बोकेको भिडियो नै सामाजिक संजालमा छ्यापछ्याप्ती भएपछि प्रहरीले तेन्जेन दावालाई पक्राउ गरेको बताएको छ ।

    जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान अघि बढाएको छ । स्रोतका अनुसार, भिडियो भाइरल भएपछि त्यसमा देखिएका व्यक्ति तेन्जेन दावा स्वयम् प्रहरी सम्पर्कमा पुगेको बताइएको छ ।

    प्रारम्भिक अनुसन्धानका क्रममा दावाले भिडियोमा देखिएको पेस्तोल सक्कली नभएको दाबी गरेका छन् । उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुगेका थिए ।
    त्यसपछि उनलाई सोधपुछका लागि जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको बताइएको छ । भिडियोमा देखिएको वस्तु हतियारजस्तो देखिए पनि दावाले त्यो ‘डमी पेस्तोल’ भएको बताएका छन् ।

    तर प्रहरीले भने भिडियोमार्फत् सामाजिक त्रास फैलाउने कार्य भएको बताउँदै थप अनुसन्धान जारी रहेको जनाएको छ । हाल भाइरल भइरहेको भिडियो पनि केही समयअघि खिचिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार