Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओली ठगी धन्दामा लागेका छन् : प्रचण्ड


    बुधबार, माघ २८ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली ठगी धन्दामा लागेको बताएका छन् । 

    बुधबार ओलीको प्रतिगामी कदमको विरोधमा आयोजित बृहत सभालाई सम्बोधन गर्दै प्रचण्डले ओलीले माधव नेपाल र आफु लगायतका धेरै नेताहरुलाई झुठ कुरा गरेर र ढाँटेर गल्ती गरेको बताए ।

    उनले ओलीको प्रतिगामी कदम पछिको अवस्था सर्वोच्च अदालत र न्यायाधीशहरुले समेत हेरेको भन्दै सर्वोच्च अदालतले न्याय, संविधान र लोकतन्त्रको पक्षमा फैसला गर्ने विश्वास रहेको बताए । 

    ‘लाखौं जनताको उपस्थिति सर्वोच्च अदालतका न्यायाधीशले पनि राम्रोसँग देख्नुभएको छ । जनताले के चाहेका छन्, यो जनभावनालाई हेर्नुभएको छ र ढिलो नगरी लोकतन्त्र र संविधानको पक्षमा फैसला दिनुहुनेछ’ प्रचण्डको भनाई छ । उनले जनताको भावनाविपरित केही काम गरियो भने दूर्भाग्य हुने चेतावनी पनि दिए । ‘शान्तिपूर्ण आन्दोलन विद्रोहमा गयो भने के हुन्छ ?’ प्रचण्डको प्रश्न छ । 

    उनले आफुहरु कानुनी राज्यको मान्यतामा दृढ रहेको भन्दै त्यसैका लागि नयाँ संविधान बनाइएको बताए ।  ‘नेपालको लागि कस्तो संविधान बनायो भने राजनीतिक स्थयित्व र जनताको हित हुन्छ भनेर बनाइएको हो । यदि त्यसो भएन भने आँधी आउँछ हुरी चल्छ’ प्रचण्डको चेतावनी छ । प्रचण्डले ओलीलाई चेतावनी दिँदै भने, ‘म केपीलाई भन्छु–अर्को पटक १० लाख जनता लिएर सिंहदरवार र बालुवाटार घेर्नुनपरोस् ।’ 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार