Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • माइतीघरमा टाँगिएको महेश बस्नेत र ओलीको तस्वीर अंकित ब्यानर निकालियो, बालेन र सुदनको टाँगियो


    बुधबार, असोज २२ २०८२
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । माइतीघरमा राखिएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र महेश बस्नेतको तस्वीर अंकित ब्यानर केही बेरअघि एक समूह आएर हटाएको छ ।

    माइतीघरमा केही दिनअघि जेनजी समूहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेस नेतृ आरजु राणा, पूर्वगृहमन्त्री रमेश लेखक, एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई ‘भ्रष्टाचारी हुँ’ लगायत उल्लेख गरी ब्यानर टाँगेका थिए । ती तस्वीरमध्ये ओली र बस्नेतको तस्वीर अंकित ब्यानर हटाइएको छ ।

    उक्त ब्यानर निकालेर बुधबार साँझ एक समूह काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन) र जेन–जी समूहका अगुवा सुदन गुरुङको तस्वीर अंकित ब्यानर राखेको छ । साह र गुरुङलाई हिंस्रक, हत्यारा, विदेशी दलाल लेखिएको ब्यानर टाँगिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार