काठमाडाैँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् विघटनको सम्वन्धमा सर्वोच्च अदालतको निर्णय नै अन्तिम हुने बताएका छन् । पर्वतको महाशीला गाउँपालिकामा आज आयोजित पोखरा–पामे–रिडी राष्ट्रिय राजमार्गअन्तर्गत मिलनचोक–भोक्सिङ–पैंयुँभञ्ज्याङ–सुभद्रखर्क खण्डको शिलान्यास तथा महेन्द्र ज्योति माविमा नवनिर्मित चार कोठे भवनको उद्घाटन कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले संसद् विघटनबारे सर्वोच्च अदालतमा बहस भइरहेको र जे फैसला गर्छ सोहीअनुसार अघि बढ्नुपर्ने बताए ।
सर्वोच्च अदालतको अन्तिम फैसला सबैले मान्नुपर्ने उनको भनाइ छ । “अदालतले संसद् विघटन ठीक छ भन्यो भने चुनावमा जानुप¥यो, ठीक छैन भन्यो भने संसद् पुनःस्थापना पनि हुन्छ”, उनले भने । उनले संविधानले सबै अधिकार नागरिकलाई दिएको बताउँदै संविधानको रक्षा र संविधानले दिएका अधिकारको उपभोगका लागि पनि चुनाव हुनुपर्ने बताए । अध्यक्ष तिमिल्सिनाले मुलुक यतिबेला विकास निर्माणको तीव्र गतिमा अघि बढेको बताउँदै निर्वाचन होला नहोला भन्नेतर्फ चिन्ता नलिइकन विकास निर्माणका कामलाई गति दिन पनि आग्रह गरे ।
यस वर्षदेखि प्रत्येक खरका छाना भएका घरपरिवारलाई रु ५० हजारका दरले वितरण गरेर जस्ताका छाना छाउने अभियान थालिएको बताउँदै दुई वर्षभित्र जिल्लानै खरका छानामुक्त हुने विश्वास दिलाए । उनले विकास निर्माणका काम गाउँ केन्द्रित हुने तर नागरिक शहर केन्द्रित भइरहेको बताउँदै गाउँमै बसेर उद्यमशील बन्न आग्रह गरे । गाउँमै आयआर्जका स्रोत बढाउन उनको आग्रह रहेको थियो ।
कार्यक्रममा गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले आगामी वैशाख १७ र २७ गते जुनसुकै अवस्थामा पनि निर्वाचन हुने ठोकुवा गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत निर्वाचन एक दिन पनि पछि नसर्ने बताउँदै आएको भन्दै निर्वाचनको तयारीमा लाग्न आग्रह गरे ।
जिल्ला समन्वय समितिका प्रमुख मनोहर बि पौडेलले पछिल्लो तीन वर्षमा जिल्लामा अभूतपूर्व विकास भएको बताउँदै आगामी निर्वाचनमा पनि बाँकी कार्यभार र आयोजना पूरा गर्न नेकपालाई नै विजयी गराउनुपर्नेमा जोड दिए । उनले विकास निर्माणका काममा तीनै तहका सरकारको समन्वय र सहकार्य हुन जरुरी रहेको बताउँदै तीनै तहको सहकार्यबाट मात्र छिट्टै समृद्धि हासिल गर्न सकिने बताए ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधामको गंगा सागर जाने भएका छन् । तिहार, नेपाल संवत् तथा छठ...
विराटनगर । आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर आफूखुसी उम्मेदवारी घोषणा गर्ने क्रम बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई कार्यकर्ता व्यवस्थापनमा सकस परेको छ। स्थानीय तहको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सीडीओ, डीएसपी, एसपी हाम्रै भएकाले नेता कार्यकर्तामा उन्माद बढेको भने पनि सांसद आशिका तामाङले २ दिनमा...
काठमाडौं । सरकारले सार्वजनिक खरिद प्रक्रियामा आबद्ध श्रमिकको न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा र बीमासम्बन्धी व्यवस्था अनिवार्य गरेको छ । सरकारले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिक...
काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले १० भदौको विनाशकारी बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएकाका सन्तानलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउन मन्त्रीस्तरीय निर्णयमार्फत प्रक्रिया अगाडि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend