काठमाडौं । नेकपा ओली समूह निकट युवासंघले बचनबहादुर सिंहलाई अध्यक्ष बनाएको छ । सोमबार ललितपुरको तुल्सीलाल अमात्य स्मृति भवनमा भएको ओली निकट युवासंघको भेलाले सिंहलाई अध्यक्षमा चयन गरी ५५ सदस्यीय पदाधिकारी चयन गरेको छ । दोस्रो पूर्ण बैठक भनिएको भेलाले ७ सय सदस्यीय केन्द्रीय कमिटी बनाउने भएको छ । भेलाले महासचिवमा रमेशकुमार आचार्यलाई चयन गरेको छ ।
प्रधानमन्त्री केपी ओलीको बचाउमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भेला गर्दै माहौल बनाउन तल्लीन युवासंघका पूर्वअध्यक्ष महेश बस्नेतले युवासंघको अध्यक्ष किरण पौडेललाई बनाउन चाहेका थिए । तर उनको योजना पूरा हुन सकेन । उनको योजनामा भाँजो हाल्ने काममा भित्रीरुपमा रमेश पौडेललाई उचाल्ने काम गोकुल बाँस्कोटाले गरेका छन् । ओली गुटभित्रमहेश बस्नेत र बाँस्कोटाबीच बागमती प्रदेशको राजनीतिमा मारामार छ । त्यसको असर सोमबारको युवासंघको भेलामा परेको छ । महेश बस्नेतनिकट किरणलाई अध्यक्ष नबनाउन बाँस्कोटाहरुले नै रमेश पौडेल, रमेश आचार्यहरुलाई उचाल्ने काम गरेको आरोप छ ।
तत्कालीन एमाले निकट युवासंघका अध्यक्ष र पार्टी एकतापछिका सहसंयोजक रमेश पौडेल आफैं अध्यक्ष हुने दाउमा थिए । रमेश पौडेलका बिरुद्ध महेश बस्नेत निकट युवासंघका कार्यकर्ताहरुले भेलामै नाराबाजी गर्न थाले । जुन नाराबाजी किरण पौडेललाई अध्यक्ष बनाउने महेश बस्नेतको चाहनामा तुषारापात गर्ने कारक बन्यो । किरण पौडेल र बचनबहादुर सिंह दुई जनाबीच को अध्यक्ष हुने भन्ने तानातान चल्यो । तानातानमा रमेश पौडेल बीचमा आफू हुने दाउमा थिए । तर उनी नहुने भएपछि पौडेलले बचनबहादुर सिंहको नाम लिए । पौडेलले सिंहको नाम प्रस्ताव गरेपछि किरण पौडेल उपाध्यक्षमै चित्त बुझाउन बाध्य भएका छन् ।
महेश बस्नेतले बचनबहादुर सिंह २०७८ जेठबाट ४० बर्ष उमेर पार गर्ने भएकाले त्यसपछि स्वतः अध्यक्ष हुने सम्झौता गरेको प्रचार गर्न थालेको छ । तर ओलीले अढाई बर्षमा प्रचण्डलाई प्रधानमन्त्री छाड्ने लिखित सम्झौता त पालना गरेनन्, बचन सिंहले मौखिक सम्झौता किन पालना गर्ने ? रमेश पौडेल निकट युवासंघका उपाध्यक्षले भने, त्यो सम्झौता लिखित नै भए पनि च्यातचुत हुन्छ ।
सोमबारको ओली निकट युवासंघको भेलामा किरण पौडेल र रमेश पौडेलका समर्थकबीच हात हालाहालकै स्थिति निम्तिएको थियो । ओली निकट युवासंघमा महेश बस्नेतको पकड कमजोर रहेको सोमबार उनी निकट किरण पौडेल अध्यक्ष हुन नसकेपछि छर्लङ्ग भएको छ । तत्कालीन एमाले निकट युवासंघमा किरण पौडेल उपाध्यक्ष थिए भने बचनबहादुर सिंह सचिव थिए । तर सचिव भए पनि सिंहले अध्यक्ष पड्काउन सफल भएका छन् ।
ओली निकट युवासंघको भेला गृहमन्त्री रामबहादुर थापा बादल निकट युवाहरुले बहिस्कार गरेका छन् । बादलले युवासंघको नेतृत्वमा पदाधिकारी र केन्द्रीय कमिटीमा २५ प्रतिशत हिस्सा मागेका छन् । तर बादल समूहलाई एकाध बाहेक पदाधिकारी र केही केन्द्रीय सदस्य मात्र दिने भनेपछि बहिस्कार गरेका छन् । बादल समूहका युवाहरुका नेता बिरु तमाङले युवासंघमा आफूहरुको सम्मानजनक हैसियत हुनुपर्ने माग गरेको तर एक्लौटी गरेपछि सहभागी नभएको बताएका छन् ।
युवासंघका एक पदाधिकारीले ५५ सदस्यीय पदाधिकारीमा केही सिट बादल समूहका लागि खाली राखिएको बताएका छन् । तर बादल समूह भने सम्मानजनक हैसियत नदिए नजाने अडानमा छ । बादल समूहलाई चित्त बुझाउन पदाधिकारीको संख्या ७० पनि पुग्नसक्ने बताइएको छ ।
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend