काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स र श्रीलङ्काको नेशनल चेम्बर अफ एक्स्पोर्टस्बीच व्यवसायिक प्रतिनिधिमण्डल आदानप्रदानमार्फत दुई देशका व्यापारीबीच प्रत्यक्ष सहकार्य गर्ने सम्झौता भएको छ ।
आपसी व्यापार र लगानीको दायरा विस्तार गर्न, उद्योग स्थापना तथा संयुक्त लगानीका अवसर पहिचान गर्न दुई देशका यी संस्थाबीच सम्झौता भएको हो ।
सम्झौताले दुवै मुलुकका व्यवसायीलाई परस्पर भेटघाट, व्यापार मेला तथा व्यवसायिक मञ्चमा सहभागिताका लागि सहज वातावरण बनाउन सहयोग गर्ने विश्वास लिइएको छ । नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिले श्रीलङ्काको आर्थिक पुनर्उत्थानको विषयमा पनि अध्ययन गर्ने सहमतिपत्रमा उल्लेख छ ।
दुई संस्थाबीच व्यापार, लगानी, उद्योग र सेवा क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले सहकार्यको सम्झौता भएको चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ । श्रीलङ्काका लागि नेपालका राजदूत डा पूर्ण नेपाली, चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवाल एवं श्रीलङ्काको नेशनल चेम्बर अफ एक्स्पोर्टस्का अध्यक्ष इन्द्रा कौशल राजापाक्षेको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको हो ।
सो सम्झौतापत्रमा चेम्बर अफ कमर्स नेपालका तर्फबाट उपाध्यक्ष एवं अन्तराष्ट्रिय समितिका सभापति अर्जुनप्रसाद शर्मा र श्रीलङकाको चेम्बरका तर्फबाट महासचिव शिहम मरिकरले हस्ताक्षर रेका छन् ।
काठमाडौँ। अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। हिमपातका कारण कोरला नाका ठप्प भएको छ...
डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
काठमाडौं । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ पालिकाका प्रमुख प्रशासकीय अधिकृतको...
काठमाडौँ । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्राप्त नगरी हवाई टिकट नकाट्न वैदेशिक रोजगारीमा जाने श्रमिकलाई आग्रह गरेको छ। विभागले शुक्रबार अत्यन्त जरुरी सूचना जारी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend