विराटनगर । विराटनगर महानगरपालिका–९ धोवियारीकी २९ वर्षीया रागिनी साहमाथि तेजाब प्रहार भएको छ । उनको अनुहारमा देवरले तेजाब प्रहार गरेका हुन् । मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार २२ वर्षीय श्रवण साहले घरायसी विवादका क्रममा भाउजू रागिनीमाथि सोमबार बिहान १०:१५ बजेतिर तेजाब प्रहार गरेको खुलेको छ । घटनापछि श्रवण फरार छन् ।
तेजाव प्रहारबाट रागिनीको अनुहारमा चोट लागेको छ । तर, आँखा बचेको छ । उनलाई उपचारका लागि तत्काल विराटनगरस्थित न्युरो अस्पतालमा लगिएको छ । चिकित्सकका अनुसार उपचाररत उनको अवस्था खतरामुक्त छ । लेनदेनसम्बन्धी विवादका क्रममा देवरले भाउजूमाथि तेजाब प्रहार गरेको पाइएको डीएसपी चुँडालले बताइन् ।
घटनापछि फरार रहेका श्रवणको खोजीका लागि प्रहरीको विशेष टोली परिचालन गरिएको उनको भनाइ छ । भाउजूलाई तेजाब हानेर श्रवण भारततिर भागेको हुनसक्ने प्रहरीको अनुमान छ ।
तेजाब मानव शरीरका लागि अत्यन्त खतरनाक एवं हानिकारक रसायनिक पदार्थ हो । छालामा लाग्दा पोल्ने, पिल्साउने, दृष्टि गुम्ने र दीर्घकालीन नोक्सान पुर्याउने चिकित्सकहरू बताउँछन् । नेपालको कानुनले तेजाब आक्रमणलाई गम्भीर एवं दण्डनीय अपराध मानेको छ ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend