Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउमा लगातार ‘रेकड ब्रेक’, आज तोलामै ३९ सय रुपैयाँले बढ्यो


    मंगलबार, असोज ७ २०८२
    765
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । आज पनि सुनचाँदीकै मूल्यमा व्यापक वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीकै भाउ बढेर आज पनि हालसम्मकै सबैभन्दा महँगो बनेको हो ।

    गएको शुक्रबारदेखि लगातार बढिरहेको सुनको मूल्य आज फेरि अहिलेसम्मकै महँगो बनेको हो। आज सुनको भाउ तोलामा तीन हजार नौसय रुपैयाँ बढेर दुई लाख २१ हजार सातसय रुपैयाँ पुगेको छ।

    हिजो सुनको मूल्य तोलाको दुई लाख १७ हजार आठसय रुपैयाँ थियो।

    आज चाँदीको मूल्य पनि बढेको छ। प्रतितोला ३० रुपैयाँ बढेर चाँदीको मूल्य आज दुई हजार ६ सय ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ। चाँदीको यो मूल्य हालसम्मकै सबैभन्दा महँगो हो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार