Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रदेश १ मा ओली समूहका सांसदहरुबाट प्रदेशसभा बैठक अवरोध


    आइतबार, माघ २५ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रदेश नम्बर १ को प्रदेशसभा बैठक फागुन ९ गतेसम्मका लागि बैठक स्थगित भएको छ ।

    नेकपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहले अवरोध गरेपछि सभामुख प्रदीप भण्डारीले फागुन ९ गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका थिए ।

    आइतबार दिउँसो बसेको प्रदेशसभा बैठक ओली समूहका सांसदहरुले अवरुद्ध गरेका थिए । उनीहरुले बैठक अवरुद्ध गरेपछि अविश्वासको प्रस्ताव दर्ता हुन सकेन ।

    ओली पक्षका सांसदहरुले संसदीय दलका नेताले निलम्बन गरेका १६ जना सांसदहरुलाई प्रवेश गर्न दिएको भन्दै बैठक अवरुद्ध गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार