Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भागरथी हत्या प्रकरणः अनुसन्धानमा कुनै लापरबाही नगर्न कांग्रेस महिला विभागकाे माग


    आइतबार, माघ २५ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसकाे महिला विभागले बैतडीकी १७ वर्षीया किशाेरी भागरथी भट्टको हत्यासम्बन्धी घटनाको निष्पक्ष छानबिन गरी अपराधीलाई हदैसम्मको कारबाही गर्न सरकारसँग माग गरेको छ ।

    महिला विभागकी सचिव लक्ष्मी खतिवडाले आइतबार एक विज्ञप्तिमा जारी गरे अपराधीलाई हदैसम्मको कारबाही गर्न  माग गरेको हाे ।

    जारी विज्ञप्तिमा भनिएको छ, ‘भगिरथी भट्टको बलात्कार र हत्याको घटनाले सिंगो मुलुकलाई फेरि स्तब्ध बनाएको छ । नेपाली कांग्रेस महिला विभाग यो घटनाको घोर निन्दा र भर्त्सना गर्दछ । उक्त घटनाको निष्पक्ष छानबिन गरी अपराधीलाई हदैसम्मको सजाय होस् भनी सरकार समक्ष जोडदार माग गर्दै यो घटनाको अनुसन्धानमा कुनै लापरबाही नगरियोस् भन्ने महिला विभाग चेतावनी दिन चाहन्छ ।’

    NC-Mahila.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार