तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस सच्चिएर अघि बढ्नुपर्ने समय आएको बताएका छन्।
नेपाली कांग्रेसको शुभेच्छुक सस्थाले तनहुँको दमौलीमा शनिबार सयुक्त रुपमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले भने, ‘कांग्रेसको इतिहास राम्रो छ, नेताहरु सच्चिएर अघि बढ्ने हो भने ९० प्रतिशत भोट कांग्रेसलाई आउँछ।’
वरिष्ठ नेता पौडेलले जनताको समस्या समाधान गर्ने गरी कांग्रेस अघि बढ्नुपर्ने बताउँदै पार्टीभित्र एक पक्ष कमजोर अर्को पक्ष बलियो हुन्छु भन्ने सोचाई राख्नु गलत भएको धारणा व्यक्त गरे । “कम्युनिष्ट पार्टीहरुबीच फुट हुँदा कांग्रेस बलियो वा खुसी हुन्छ भने होइन्”, उनले भने, “अर्काको भत्किएर आफ्नो घर बलियो हुन्छ भन्ने सोचाई कसैले राख्नु हुँदैन ।”
वरिष्ठ नेता पौडेलले विघटित प्रतिनिधिसभा अदालतबाट पुनःस्थापना नभए आन्दोलनबाट हुने बताउँदै प्रतिनिधिसभाको पुनःस्थापना अदालतबाटै हुने आफू विश्वस्त रहेको उल्लेख गरे । “प्रतिनिधिसभा विघटन हुनु भनेको लोकतान्त्रिक व्यवस्था सङ्कटमा पर्नु हो”, उनले भने, “वैशाखमा चुनाव हुने अवस्था छैन् । ” सिद्धान्तमा एक भएर पार्टी एकीकरण नभई पद र सत्ता प्राप्तिका लागि गरिएकाले कम्युनिष्ट पार्टी फुटको अवस्था आएको उनको भनाइ छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले कांग्रेस चुनावदेखि डराउने पार्टी हैन भन्दै चुनाव र संसद् पुनःस्थापना पनि नहुने अवस्था आएमा आन्दोलन मात्र एक विकल्प भएको बताए ।
–––
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend