Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धरानको भाटभटेनीभित्र ३ जनाको शव भेटियो


    शुक्रबार, भाद्र २७ २०८२
    695
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । धरानमा रहेको भाटभटनी सुपरमार्केटको भग्नावशेषमा तीनजनाको शव फेला परेको छ । प्रहरीका अनुसार जलेर नचिनिने अवस्थामा ती शव भेटिएको हो ।

    जेनजी आन्दोलनका क्रममा अराजक समूहले धरान-१० पुतलीलाइनस्थित भाटभटेनी सुपर मार्केटमा आगजनी गरेका थिए ।

    आगो निभेसँगै शुक्रवार बिहान जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली त्यहाँ पसेको थियो । सोक्रममा दोस्रो तलामा एउटा शव जलेर केही अवशेषमात्र बाँकी रहेको अवस्थामा भेटिएको हो ।

    प्रहरीले मुचुल्का उठाएर शव पोष्टमार्टम गर्न लगेको छ । यस्तै केही बेरअघि अन्य दुई शव त्यस्तै अवस्थामा फेला परेको थियो । मङ्गलवार राति तोडफोड र लुटपाटको क्रममा भाटभटेनीभित्र कम्तीमा ३ जना फसेको भन्दै हल्ला फैलिएको थियो ।

    फसेका व्यक्तिका आफन्तजनहरूले अनौपचारिकरूपमा विभिन्न निकायमा सम्पर्क गरिरहेका छन् । भाटभटेनीमा लागेको आगो हिजो साँझमात्र निभेसँगै आएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार