Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • सुनको भाउ तोलामा २ लाख १५ हजार ८०० पुग्यो


    शुक्रबार, भाद्र २७ २०८२
    915
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ११ सय रुपैयाँले बढेको हो ।

    यसअघि बिहीबार २ लाख १४ हजार ७०० रुपैयाँ कायम भएको सुन आज तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ पुगेको छ ।

    त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार २ हजार ५०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बढेर तोलामा २ हजार ५६५ रुपैयाँ कायम भएको महासंघले जनएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार