काठमाडौं । अन्तरिम सरकार गठनबारे छलफल गर्न बिहान ९ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा बोलाइएको वार्ता सरेको छ । राष्ट्रपति कार्यालयले आन्तरिक तयारीका लागि भन्दै बिहान ९ बजेलाई बोलाइएको वार्ता दिउँसो दुई बजेलाई सारेको हो ।
अन्तरिम सरकार गठनका लागि बिहीबारदेखि राष्ट्रपति पौडेलले राजनीतिक दल, संविधानविद्, कानुनविद् र जेनजी प्रतिनिधिहरूसँग वार्ता गरिरहेका छन् ।
अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने विषयमा सहमति बनेको छ । तर, संविधानले तोकेको प्रक्रिया कसरी पूरा गर्ने भन्ने विषयमा अझै अन्योल छ ।
बिहीबार मध्यरातबाट सुरु भएको सर्वपक्षीय छलफल शुक्रबार बिहान ३ बजेसम्म चले पनि कार्कीलाई अन्तरिम सरकारको नेतृत्व कसरी दिने भन्ने विषय टुंगोमा पुग्न सकेको छैन । संविधानअनुसार प्रधानमन्त्री प्रतिनिधिसभा सदस्य हुनुपर्ने प्रावधानका कारण वार्ता सहमतिमा पुग्न नसकेको हो ।
जेनजी आन्दोलनका युवाहरूले संसद् विघटनलाई मुद्दा बनाएका छन् । राष्ट्रपति पौडेलले संविधानको धारा ६१ ९४० अन्तर्गत रहेको ‘बाधा अड्काउ फुकाऊ’ प्रावधान प्रयोग गर्न सक्ने÷नसक्ने विषयमा संविधानविद् भीमार्जुन आचार्य, विपिन अधिकारीलगायतसँग छलफल पनि गरेका थिए ।
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदीलय बैठक बोलाएका छन्। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार शीर्ष नेतृत्वबीचको सर्वदलीय बैठक बुधबार बस्न लागेको हो। बैठक...
गोरखा। जलवायु अन्यायविरुद्ध सामागाउँका युवा आमरण अनशन बस्ने भएका छन्। हिमाली क्षेत्रले भोगिरहेका दुःखकाविरुद्धमा जिल्लाको चुमनुब्री गाउँपालिका–१ सामागाउँका युवाले मनास्लु बेसक्यापमा आमरण अनशन बस्ने...
काठमाडौं । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुअघि सर्वदलीय बैठक राख्न सुझाव दिएका छन् । मंगलवार...
हेटौंडा । हेटौंडाबाट काठमाडौं जाँदै गरेको विद्युतीय ९ईभी०गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्ले सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय भीमफेदीका...
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी एकताबद्ध भएर अघि बढ्न अपिल गरेका छन् । देउवाले मंगलबार ७ बुँदे अपिल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend