Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन हुने   


    शुक्रबार, भाद्र २७ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सिमकोट (हुम्ला) । बडादशैँ र तिहारलगायतका पर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले सहुलियत पसल सञ्चालन गर्ने भएको छ ।

    विगतका वर्षमा झैँ यस वर्ष पनि सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराउने उद्देश्यले पसल सञ्चालन गर्न लागिएको हो । कम्पनीका अनुसार वर्ष चामल, तेल र चिनी सहुलियत मूल्यमा उपलब्ध गराइनेछ ।

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाका प्रमुख कृष्णबहादुर थापा मगरले भदौ ३० गतेदेखि सहुलियत पसल सञ्चालन गरिने जानकारी दिनुभयो । उहाँका अनुसार खाद्यान्न र चिनीमा प्रतिकेजी रु ५ छुट दिइनेछ भने तेलमा प्रतिलिटर रु सात छुट दिइनेछ ।    (रासस)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार