??????? ???????? ??????
???????, ?? ????? ??????? ?????????? ????? ??????? ??????? (??????? ????????)?? ?????? ?????? ????? ?????? ????? ?????? ?????? ? ??????? ?????? ??????? ?????
जलेश्वर (महोत्तरी। तिहार र छठ पर्वका बेला तराईमा माटोको दियो र माटोकै भाँडाकुडा बनाउँदै आएका कुमाल जातिको पेसा सङ्कटमा पर्दै गएको छ ।
झिलीमिली बत्ती, धातुका दियो, भाँडाकुडालगायत वस्तुहरुका कारण तिहार र छठ पर्वका लागि पुस्तौँदेखि महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा माटोको दियो र भाँडाकुडा बनाउँदै आएका कुमाल जातिको पेसा सङ्कटमा परेको जलेश्वर नगरपालिका–५ का ध्रूव रायले बताउनुभयो ।
दिपावली र छठ पर्वको बेला वर्षेनी लाखौँका माटाका भाँडाकुडा र दियो बिक्री गर्ने कुमालहरु अहिले बजारमा आएका बत्ती, प्लास्टिक र धातुका भाँडाकुडाले गर्दा माटोको भाँडावर्तन र दियो (पाला) लगायतका सामग्रीको बिक्रीमा कमी आएको जलेश्वर नगरपालिका–६ का कुमाल गणेश पण्डितले बताउनुभयो ।
पहिला माटोको भाँडा चोखो हुने भन्दै दियो, ढकनी, घैँटो, मटिया, कुसिया, कुरबारलगायत सामग्रीको माग हुने गरेको थियो । हाल आएर बनिबनाउ धातु र प्लास्टिकका भाँडाकुडाले माटोका भाँडा उपभोक्ताको रोजाइमा नपरेपछि पेसा चौपट भएको महोत्तरी गाउँपालिका–४ का कुमाल विजय पण्डितले बताउनुभयो ।
पहिले जिल्लाभरकै हाट बजारमा माटोको सामग्रीहरु बिक्री हुने गरेकामा अहिले नगन्य मात्रामा ती बजारमा सामग्री बिक्री हुने जलेश्वर नगरपालिका–१ का कुमाल सुरेन्द्र पण्डितले बताउनुभयो । विगतमा महोत्तरीको विभिन्न गाउँठाउँमा बनाइएका माटाका भाँडाकुडाहरु तराई मधेसमा मात्रै नभएर काठमाडौँ, पोखरा, हेटौँडा, जनकपुर र भारतीय सहर मधुबनी, दरभङ्गा, सितामढी र पटनासम्म निर्यात हुने गरेको थियो ।
माटोका सामग्रीहरु बिक्री नहुनु र बिक्री भए पनि लगानी नउठ्नुले यस पेसामा अब नयाँ पुस्ताहरु आउन नचाहने गौशाला नगरपालिका–६ का कुमाल वीरजु पण्डितले बताउनुभयो । सबैतिर आधुनिकता हावी हुँदै गए पनि बुढापाका र संस्कृति प्रेमीहरुले अझै माटोकै भाँडाकुडा प्रयोग गर्न रुचाउने भएकाले कुमाल जातिका बुढापाकाहरुले जसोजतो ती सामग्रीहरु बनाएर जिविका चलाइरहेको बलवा नगरपालिका–७ का पूर्वशिक्षक सुशील यादवले बताउनुभयो । (रासस)
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend