Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने निर्णय अत्यन्त सकारात्मक: उपेन्द्र यादव


    शुक्रबार, भाद्र २७ २०८२
    575
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। जनता समाजवादी पार्टी ९जसपा० का अध्यक्ष उपेन्द्र यादवले अन्तरिम सरकार प्रमुख पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बनाउने निर्णय सकारात्मक भएको बताएका छन्।

    शुक्रबार बिहान उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अन्तरिम सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई सिफारिस गर्ने निर्णय अत्यन्त सकारात्मक रहेको छ।’

    राष्ट्रपतिको कार्यालय शीतल निवासमा बिहीबार रातभर भएको जेनजीसहितको वार्तामा अन्तरिम सरकार प्रमुख पूर्वप्रधान्यायाधीश कार्कीलाई बनाउने सहमति भए पनि निष्कर्षमा पुग्न भने बाँकी छ।

    संसद् विघटन गर्ने कि नगर्ने भन्ने विषयमा राष्ट्रपति रामचन्द्र पौडेल छलफलमै छन्। वार्ता आज पनि जारी छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार