Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • काठमाडौँ मलअगाडि हर्क साम्पाङ समर्थक र जेनजीबीच झडप


    बिहिबार, भाद्र २६ २०८२
    995
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। काठमाडौँको सुनधारामा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङका समर्थक र जेनजीबीच झडप भएको छ।

    प्रधानमन्त्री को बनाउने भन्ने विषयलाई लिएर प्रदर्शनमा उत्रिएका दुई फरक-फरक समूहबीच विवाद बढेपछि झडपमा परिणत भएको हो।

    हर्क साम्पाङ समर्थक बढी आक्रामक देखिएका छन्। काठमाडौँमा दिउँसो निषेधाज्ञा लागू गरिएको छ। निषेधाज्ञाकै बीच विभिन्न समूहहरू प्रदर्शन गरिरहेका छन्।

    अहिले नेपाली सेनाले एम्बुलेन्सबाहेक कुनै पनि सवारीलाई सुनधारा सडकमा आउजाउ गर्न दिएको छैन।

    काठमाडौँको बबरमहलमा राष्ट्रपतिको अवस्था सार्वजनिक गर्नुपर्ने मागसहित अर्कै समूहले प्रदर्शन गरेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार