Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कारागारबाट भागेका चार कैदी पक्राउ   


    बिहिबार, भाद्र २६ २०८२
    655
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • गलकोट (बागलुङ) ।  जिल्ला कारागार कास्की र जिल्ला कारागार म्याग्दीबाट भागेका ४ कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको छ ।

    कारागारबाट भागेर बागलुङ प्रवेश गर्दै गरेका उनिहरुलाई मालढुङ्गा चेकपोष्टबाट बुधबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिनुभयो ।

    जिल्ला कारागार कास्कीबाट भागेका ३ जना र जिल्ला कारागार म्याग्दीबाट भागेका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।    (रासस)
    –––

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार