काठमाडौं । नेकपा ओली समूहको शुक्रबारको जनप्रदर्शनमा अपेक्षा अनुरुप सहभागिता हुन नसकेको बुझाई सोही समूहका नेताहरुले समेत गरेका छन् । प्रत्येक जिल्ला र जनवर्गीय संगठनहरुलाई संख्या तोकेरै मानिस ल्याउने जिम्मा दिइएको भए पनि आशा गरे अनुरुपको जनशक्ति देखाउन ओली समूहले सकेन ।
१ निर्वाचन क्षेत्र बराबर ३ हजारका दरले मानिस ल्याउने जिम्मा दिइएको थियो । तर त्यसअनुसार जनसहभागिता नभएपछि प्रधानमन्त्री केपी ओलीको भाषण पनि पहिलाको जस्तो दमदार नभएको महसुस गर्दै सहभागी फर्किएका छन् । आज मौसम अत्यन्त चिसो र पानी समेत परेपछि सभामा आएकाहरु सडकमा बस्न सक्ने अवस्था समेत थिएन ।
नेकपा ओली समूहका नेता महेश बस्नेतले ३ लाख मानिस भेला गर्ने बताए पनि सहभागी हजारमै सीमित थिए । नारायणहिटी दरबारको गेटदेखि महेन्द्रको शालिकसम्म, निर्वाचन आयोग र ठमेल जाने चोक र जयनेपाल हलसम्मको सडकमा मुस्किलले खाँदिएर बस्दा पनि ३० हजारमात्र मानिस अट्न सक्ने आँकलन गरिएकाले आजको सभामा त्यति संख्यामा उपस्थिति भएको बताइन्छ ।
यसैगरी, आजको सरकारमा बसेको ओली नेकपाको सभामा निजामती कर्मचारीहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो । आज प्रधानमन्त्रीकै पार्टीको सभा भएकाले सिंहदरवारका अधिकांश मन्त्रालयमा कर्मचारीहरु थिएनन् । कार्यालय सहयोगीदेखि उपसचिवसम्मका कर्मचारीहरुलाई सरकारको जनप्रदर्शनमा उपस्थित हुनुपर्ने उर्दी जारी गरिएको अर्थमन्त्रालयका एक अधिकृतले बताए । उनले भने, प्रधानमन्त्रीको सभामा उपस्थित हुनका लागि प्रधानमन्त्री ओलीले माघ १३ गतेकै पेशागत महासंघ विशेष जिल्ला कमिटीको भेलामा निर्देशन दिएका थिए । त्यही निर्देशन अनुसार सिंहदरवार नै खाली बनाएर कर्मचारीहरु दरबारमार्गको सभामा गएका थिए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend