Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • बानेश्वर चोकमा जेनजीको नारा: सेना-पुलिस लिपुलेक जाऊ, संसद् भवन हामीलाई देऊ


    मंगलबार, भाद्र २४ २०८२
    770
    Shares
    काठमाडौँ, २३ भदौः ‘जेनजी’ पुस्ता सडकमा काठमाडौँको माइतीघर आसपास क्षेत्रमा विकृति विसङ्गतिको अन्त्यसहित सुशासनको माग गर्दै ‘जेनजी’ पुस्ता सडकमा । तस्बिरः किरणराज विष्ट÷रासस
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संसद् भवन अगाडि जेनजीजे आज पनि प्रदर्शन गरेका छन् ।

    आज (मंगलबार) बिहानै बानेश्वर स्वस्फुर्त आएका युवाले प्रदर्शन गरिरहेका हुन् । ‘सेना-पुलिस लिपुलेक जाऊ, संसद् भवन हामीलाई देऊ’ भनेर उनीहरूले नारा लगाइरहेका छन् ।

    आजको प्रदर्शनमा जेनजीका अभिभावकहरू समेत सहभागी भएका छन् । प्रदर्शनमा सहभागी अभिभावकहरूले भन्छन्, ‘अब यो आन्दोलन हाम्रो पनि हो।’

    प्रदर्शनमा सहभागी एक जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार प्रहरीले बर्बर दमन गरेपछि आन्दोलनकारी थप आक्रोशित बनेका छन् । प्रदर्शनको क्रममा प्रहरीले गोली चलाउँदा हिजो देशभरि १९ जनाको मृत्यु भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार