काठमाडौँ । आश्विन कृष्ण प्रतिपदा अर्थात् पितृ पक्षको पहिलो दिन आज बिहानदेखि राजधानीका गोकर्णेश्वर उत्तरगया र पशुपति क्षेत्रमा पितृका नाममा श्राद्ध गर्नेको घुइँचो लागेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा आज पितृ पक्ष आरम्भका दिन प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने उल्लेख छ । त्यसैअनुसार प्रतिपदा तिथिमा पिता बितेका परिवारका सदस्यहरू गोकर्णेश्वर उत्तरगया र पशुपति क्षेत्रमा पितृलाई श्रद्धासाथ तर्पण, सिदादान र पिण्डदान गर्न जम्मा भएका हुन् । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदाका सोह्र तिथिमा पितृप्रति श्रद्धाभाव प्रकट गर्न श्राद्ध गर्ने गरिएकाले सोह्र श्राद्ध पनि भन्ने गरिएको हो ।
यो पक्षमा गोकर्णेश्वरमा लाखौँ भक्तजन दिवङ्गत पितृका नाममा श्राद्ध गर्न जम्मा हुने गरेकाले त्यसै अनुसार व्यवस्था गरिएको गोकर्णेश्वर मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्षसमेत रहेका गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष जयराम महतले जानकारी दिए । यहाँ श्राद्ध गर्न आउने भक्तजनका लागि समितिले नै छनोट गरिएका ब्राह्मणको पनि व्यवस्था गरिएको उनले सुनाए ।
यसैगरी, पशुपति क्षेत्रमा आउने भक्तजनका लागि पनि पशुपति क्षेत्र विकास कोषले सबै व्यवस्था मिलाएको सूचना अधिकारी अनिता भट्टले जानकारी दिए । पशुपति क्षेत्रमा सबै खालका चाडपर्वका लागि व्यवस्था गर्ने गरिएको छ ।
राजधानीमा धेरै मानिस डेरा लिएर बस्ने गरेकाले श्राद्ध गर्न ठाउँका कारण अप्ठ्यारो पर्ने भएपछि गोकर्णेश्वर र पशुपति क्षेत्रमा गएर श्राद्ध गर्छन् । आफ्नै घर वा तीर्थस्थलमा गएर श्राद्ध गर्नुपर्ने मान्यता राख्नेहरु यस्ता स्थानमा गएर पितृप्रति श्रद्धा प्रकट गर्ने गर्छन् । ठूला चाडपर्व मनाउनुअघि पितृप्रति श्रद्धाभाव प्रकट गर्न सोह्र श्राद्ध गर्ने गरिएको समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले बताए ।
काठमाडौ । गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ। प्रधानमन्त्री वालेन्द्र...
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend