काठमाडौँ। नयाँ पुस्ताका युवा (जेनजेड)हरुले भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयविरुद्ध माइतीघर मण्डलामा सशक्त प्रदर्शन सुरु गरेका छन् । स्वतस्स्फूर्त रुपमा भेला भएका उनीहरुले ‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरुलाई गिज्याउँछ’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, ‘स्टप करप्सन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरे । कतिपय विद्यार्थी स्कुल र कलेजको पोशाकमै सडकमा उत्रिएका छन् ।
यसअघि सामाजिक सञ्जालमा सीमित आक्रोशलाई पहिलोपटक सडकमा उतारेका जेनजेडलाई विभिन्न पेशा, व्यवसायी, कलाकार र स्वतन्त्र युवाले समर्थन गरेका छन् । उनीहरुले राजनीतिक दलका भ्रातृ संगठनलाई भने प्रदर्शनमा नआउन आग्रह गरेका छन् ।
सुरक्षा संवेदनशीलता बढेपछि माइतीघर र नयाँ बानेश्वर क्षेत्रमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ । काठमाडौँ प्रहरी परिसरका एक अधिकारीका अनुशार माइतीघर र बानेश्वर क्षेत्रमा सुरक्षा कडाई पारिएको छ ।
प्रदर्शन स्थलमा ६ जना डीएसपीसहित करिब पाँच सय प्रहरी खटिएका छन् । उपत्यकाभर करिब २५ सय सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी स्रोतले जनाएको छ । प्रमुख जिल्ला अधिकारी छवि रिजालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले प्रदर्शनको प्रकृतिअनुसार रणनीति परिवर्तन गर्ने निर्णय पनि गरेको थियो ।
युवाहरूले सामाजिक सञ्जालमार्फत ‘नेपो बेबी’ ट्रेन्ड समेत चलाएका छन् । नेताका छोराछोरीले पदको आडमा विशेष सुविधा लिएको भन्दै उनीहरूको विरोध सुरु भएपछि नेताका निवास वरिपरि पनि सुरक्षा कडाइ गरिएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend