Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • प्रभावकारी सेवा प्रवाहमा मन्त्री न्यौपानेको जोड


    आइतबार, भाद्र २२ २०८२
    895
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रभावकारी सेवा प्रवाहलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिएका छन् ।
    निजामती सेवा दिवसका अवसरमा निजामती सेवा दिवस मूल समारोह समितिले यहाँ आज आयोजना गरेको कार्यक्रममा उनले सेवा प्रवाहमा विलम्ब नगर्न अनुरोध गरे । सेवा प्रवाहका क्रममा आवश्यक प्रविधिक सहयोग र उपकरणको उपयोग गर्न उनले सुझाए ।
    सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ बनाउन कर्मचारीको महत्वपूर्ण भूमिका हुने भएकाले सक्षम, पारदर्शी, जवाफदेही र सेवाग्राहीमैत्री प्रशासन आजको आवश्यकता हो भने ।
    मुख्यसचिव एकनारायण अर्यालले प्रविधिको प्रयोग गरेर सार्वजनिक सेवा प्रवाहलाई अझ प्रभावकारी तुल्याउन आफूहरू क्रियाशील रहेको बताए ।
    त्यस अवसरमा उपसचिवद्वय राजुप्रसाद गुरागाइँ र चूडाराज न्यौपाने र शाखाअधिकृत सागर मिश्रलगायत १० जनालाई उत्कृष्ट कर्मचारी पुरस्कार र ३० जनालाई  निजामती सेवा पुरस्कार प्रदान गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार