पोखरा। प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) सहअध्यक्ष एवं संविधान सभाका सदस्य तिलक थापामगरले दलाल दलतन्त्र बिरुद्धको तेस्रो जनआन्दोलनको तयारीमा जुटन आह्वान गरेका छन् ।
गणतन्त्रको नाममा मुलुकमा दलहरुको लुट, भ्रष्टाचार, कुशासन, अनियमितता बढदै गइरहेको बताउदै उनले तेस्रो जनआन्दोलनको विकल्प नभएको बताए ।
पोखराको रानीपौवा स्थित तमु भवनमा आज (शनिबार)आजपाको कास्की जिल्ला भेलालाई सम्बोधन गर्दै थापाले सामाजिक संजाललाई बन्द गर्ने सरकारको निर्णय अलोकतान्त्रिक, असंवैधानिक, अदूरदर्शी एवं आपत्तिजनक रहेको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सामाजिक संजाल बन्द गरेर संविधानले प्रदान गरेको अभिव्यक्तिको स्वतन्त्रता, प्रेस स्वतन्त्रता, सूचनाको अधिकार, संगठित हुने अधिकारको समेत उलंघन गरेको आजपा सहअध्यक्ष थापाले बताए ।
नेपाली कांग्रेस र नेकपा एमालेको अप्रजातान्त्रिक, अप्राकृतिक एवं अनैतिक गठबन्धनको सरकारको अलोकतान्त्रिक कार्यको जनस्तरबाटै विरोध हुन थालेको उनले बताए । यस्तै उनले रौतहटको मौलापुर नगरपालिकामा भइरहेको विकास मोडेल अनुसार पोखरालाई पनि विकासको कार्यमा अगाडी बढाउनुपर्ने आवश्यक रहेको बताए ।
आजपा गण्डकी प्रदेश कमिटीका अध्यक्ष भोजराज त्रिपाठीले फेवा तालको सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई सरकारले कारवाही नगरी संरक्षण गरिरहेको आरोप समेत लगाए । भ्रष्टाचार, अनियमितता बढदै गइरहेको अहिलेको अवस्थामा चुप लागेर बस्न नसकिने उनले बताए ।
सामाजिक संजाल बन्द गर्ने सरकारको निर्णय बिरुद्धमा भेलाले आईतबार पोखरामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।
आजपा कास्की जिल्ला अध्यक्ष अर्जुन केसीको अध्यक्षतामा सम्पन्न सो भेलामा आम ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष हरि थापा, आजपा कास्की जिल्ला इन्चार्ज सन्तोष साह, आम महिला मोर्चा गण्डकी प्रदेशका इन्चार्ज सीता सुवेदी, गण्डकी प्रदेश अध्यक्ष पवित्रा मल्ल, आईटी आर्मी गण्डकी प्रदेश अध्यक्ष मोजेलाल यादव, आम जनजाती महासंघ गण्डकी प्रदेश अध्यक्ष खेम थापा, आजपा केन्द्रीय सदस्य सूर्य गुरुङ्ग, गण्डकी प्रदेश उपाध्यक्ष रामजी गुप्ता लगायतको विशेष सहभागि रहेको थियो ।
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदीलय बैठक बोलाएका छन्। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार शीर्ष नेतृत्वबीचको सर्वदलीय बैठक बुधबार बस्न लागेको हो। बैठक...
गोरखा। जलवायु अन्यायविरुद्ध सामागाउँका युवा आमरण अनशन बस्ने भएका छन्। हिमाली क्षेत्रले भोगिरहेका दुःखकाविरुद्धमा जिल्लाको चुमनुब्री गाउँपालिका–१ सामागाउँका युवाले मनास्लु बेसक्यापमा आमरण अनशन बस्ने...
काठमाडौं । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुअघि सर्वदलीय बैठक राख्न सुझाव दिएका छन् । मंगलवार...
हेटौंडा । हेटौंडाबाट काठमाडौं जाँदै गरेको विद्युतीय ९ईभी०गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्ले सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय भीमफेदीका...
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी एकताबद्ध भएर अघि बढ्न अपिल गरेका छन् । देउवाले मंगलबार ७ बुँदे अपिल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend