भोजपुर । ग्रामीण भेगमा साइबर सुरक्षा र डिजिटल साक्षरताको प्रवर्द्धन गर्न भोजपुरको अरुण गाउँपालिका–४ फालिटारमा कार्यालय स्थापना गरिएको छ ।
नेपाल प्रहरीका पूर्वएआइजी भीम ढकालको पहलमा आइटीसम्बन्धी काम गर्ने जेनेस कार्यालय स्थापना गरिएको हो । कार्यालयले इन्टरनेटमार्फत आयआर्जन, रोजगारी सृजना र डिजिटल जागरूकतासँगै सचेतना फैलाउने उद्देश्य लिएको छ ।
चार महिनाको तयारीपछि सञ्चालनमा ल्याइएको कार्यालयबाट स्थानीय युवायुवतीलाई इन्टरनेटको प्रयोग, साइबर सुरक्षा, अनलाइन रोजगारका अवसर, ई–कमर्स र डिजिटल बजारबारे तालिम दिइनेछ । हालसम्म तालिम लिएका तीन जनालाई रोजगारीसमेत प्रदान गरिएको छ ।
पूर्वएआइजी ढकालले आफ्नो जन्मथलोमा सूचना प्रविधिको विकास गर्दै अरुणलाई भोजपुरको ‘आइटी हब’ बनाउने लक्ष्य लिएको बताए । उनका अनुसार यो कार्यालय अमेरिकी मुख्यालय भएको जेनेस बहुराष्ट्रिय कम्पनीको सहकार्यमा सञ्चालनमा ल्याइएको हो ।
पछिल्लो समय इन्टरनेटको माध्यमबाट हुने आपराधिक क्रियाकलाप न्यूनीकरणमा टेवा पुर्याउने लक्ष्यले दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने योजनाका साथ कार्यालय सञ्चालन गरिएको ढकालको भनाइ छ ।
कार्यालयबाट डिजिटल साक्षरता, साइबर सुरक्षा, ई–कमर्स, अनलाइन बजार प्रवर्द्धन र दैनिक इन्टरनेटसम्बन्धी काममा आवश्यक सेवा प्रदान गरिनेछ । मुख्य रूपमा गाउँका युवाहरूलाई प्रविधिको सही प्रयोगमार्फत आत्मनिर्भर बनाउने अपेक्षा रहेको जनाइएको छ ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
काठमाडौँ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी सहायक हवलदार मृत फेला परेका छन्। गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोल घर भई लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाल संवतको प्रयोग सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र र डिजिटल प्रणालीमा विस्तार गर्नुपर्ने बताएका छन् । मंगलवार भक्तपुरमा राष्ट्रिय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend