काठमाडौं। निजामति सेवा दिवस–२०८२ को अवसरमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा वृक्षारोपण तथा सरसफाई गरिएको छ ।
मन्त्रालयले आज विहान आयोजना गरेको कार्यक्रममा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले वृक्षारोपण गरेर कार्यक्रमको शुभारम्भ गरेका हुन् ।
निजामति सेवा दिवसको पूर्वसन्ध्यामा आज आयोजित उक्त कार्यक्रममा उर्जामन्त्री खड्काले सुशासन कायम गरी छिटो छरितो रुपमा आम नागरिकलाई सेवा प्रदान गर्न कर्मचारीहरु लाग्नुपर्ने बताए । उनले कर्मचारीले आफ्नो हक अधिकारको संरक्षण गर्दैगर्दा दायित्वलाई नविर्सन समेत आग्रह गरे ।
उर्जामन्त्री खड्काले उर्जा मन्त्रालयले विगतका वर्षदेखि नै डेंगु नियन्त्रण र सरसफाई अभियानलाई सञ्चालन गर्दै आएको बताए । रोग लाग्नुभन्दा रोग लाग्न नदिनु प्रमुख उपाय भएकाले यस्ता सचेतना कार्यक्रमले रोग नियन्त्रणमा सहयोग पुग्ने उनको भनाई थियो ।
उनले उर्जा मन्त्रालय र यसअन्तर्गतका सबै निकायमा सरसफाई अभियानलाई निरन्तरता दिनसमेत कर्मचारीलाई निर्देशन दिए ।
जलस्रोत तथा सिंचाई सचिव सरीता दवाडीले निजामती सेवा दिवसलाई यस वर्षदेखि फरक ढंगले मनाउने निर्णयअनुसार सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उनले मन्त्रालयले गत वर्षदेखि नै हरेक हप्ताको शुक्रबार सरसफाई कार्यक्रम गर्दै आएको बताए।
उक्त कार्यक्रममा मन्त्री खड्का, सचिव दवाडीसँगै, जल तथा उर्जा आयोगका सचिवालयका सचिव दिनानाथ मिश्र, मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतले समेत वृक्षारोपण गरेका थिए ।
यसैगरी, आजैदेखि सिंहदरबाभित्र काठमाडौँ महानगरपालिकाको स्वास्थ्य सेवा विभागको टोलीले समेत डेँगु नियन्त्रणका लागि लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरेको छ ।
उक्त टोलीले सिंहदरबाभित्र पानी जम्ने सम्भावित क्षेत्रमा खोज तथा लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरेको हो ।
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदीलय बैठक बोलाएका छन्। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार शीर्ष नेतृत्वबीचको सर्वदलीय बैठक बुधबार बस्न लागेको हो। बैठक...
गोरखा। जलवायु अन्यायविरुद्ध सामागाउँका युवा आमरण अनशन बस्ने भएका छन्। हिमाली क्षेत्रले भोगिरहेका दुःखकाविरुद्धमा जिल्लाको चुमनुब्री गाउँपालिका–१ सामागाउँका युवाले मनास्लु बेसक्यापमा आमरण अनशन बस्ने...
काठमाडौं । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुअघि सर्वदलीय बैठक राख्न सुझाव दिएका छन् । मंगलवार...
हेटौंडा । हेटौंडाबाट काठमाडौं जाँदै गरेको विद्युतीय ९ईभी०गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्ले सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय भीमफेदीका...
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी एकताबद्ध भएर अघि बढ्न अपिल गरेका छन् । देउवाले मंगलबार ७ बुँदे अपिल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend