काठमाडौं । नेकपा (एमाले) दोस्रो विधान महाधिवेशन स्थल सनराइज सभा हलमा उद्घाटनको चहलपहल सुरु भइसकेको छ ।
गोदावरीको मूल सडकदेखि सभा हल छिर्ने प्रवेशद्वारबाट प्रवेश गर्ने प्रतिनिधि, पर्यवेक्षक, सर्वसाधारणलाई स्वयंसेवकहरूले व्यवस्थित गर्दै छन् । प्रतिनिधि, पर्यवेक्षक, सञ्चाकर्मी र सर्वसाधरणको सवारी साधरणका लागि मूल सडक छेऊमै पार्किङको व्यवस्था मिलाइएको छ ।
स्वयंसेवक, प्राविधिकहरुको कार्ड स्क्यान कार्य सुरु भइसकेको छ । प्रतिनिधि, पर्यवेक्षकका लागि गेटभित्र छिर्ने प्रक्रिया खुला भइसकेको छैन । सञ्चारकर्मीहरुका लागि पर्खालसँगै जोडिएको मिडिया सेन्टर राखिएको छ ।
हलभित्र स्थायी, पोलिटव्युरो, केन्द्रीय सदस्य, आयोगका प्रमुख र प्रतिनिधिहरुका लागि प्रदेश अनुसारको सिट व्यवस्थापन गरिएको छ । अहिले हलभित्र सरसफाई, सिट व्यवस्थापन, डिजिटल, सुरक्षा प्रबन्ध, प्राविधिक पक्षको धमाधम परिक्षण भइरहेका छन् । हलभित्र उप महासचिव विष्णु रिमाल र मञ्च व्यवस्थापनका संयोजक पोलिटव्युरो सदस्य विनोद श्रेष्ठले नेतृत्व गरिरहेका छन् ।
ठूलो डिजिटल बोर्ड अगाडि १८ पदाधिकारीका लागि कुर्ची व्यवस्थित गरिएको छ । दुवैतिर पार्टीको झण्डा र राष्ट्रिय झण्डाले मञ्च सजाइएको छ । मञ्चको दायाँ, बाँया टुँडाल शैलीमा साना डिजिटल बोर्ड राखिएको छ । त्यसका साथै मञ्चको बाँयातिर पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीको तस्विर राखिएको छ । दायँतिर कार्ल माक्र्स, एङ्गेल्स र लेनिनको तस्विर राखिएको छ ।
मञ्चको शिरमा ‘नेपाल कम्युनिस्ट पार्टी (एमाले) दोस्रो महाधिवेशन लेखिएको छ । त्यसमाथि सर्वोच्च शिखर सगरमाथाको प्रतीक राखिएको छ । सगरमाथा माथि पार्टीको लोगो सूर्यभित्र हँसिया हथौडा र नेपालको झण्डा राखिएको छ ।
प्रत्यक्ष प्रशारणसहित बाहिर मिडिया सेन्टरमा डिजिटल बोर्ड राखिको छ । हलको दाँया–बाँया झ्यालमा ‘जनताको बहुदलीय जनवाद जिन्दावाद’को नारासहित दुईवटा ठूला डिजिटल वोर्ड राखिएको छ ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित सुरु हुने नेकपा (एमाले) दोस्रो विधान महाधिवेशन स्थल गोदावरी सनराइज सभाहलतिर अहिले सातदोबाटोबाट प्रतिनिधि, पर्यवेक्षक, पार्टी शुभचिन्तकहरु आउनेक्रम जारी छ ।
दोस्रो विधान महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कुल २३ सय ४१ जनाको सहभागी रहने छन् । स्वयं सेवक, सुरक्षा निकायसहित ३५ सय जनालाई खानाको व्यवस्था गरिएको छ ।
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदीलय बैठक बोलाएका छन्। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार शीर्ष नेतृत्वबीचको सर्वदलीय बैठक बुधबार बस्न लागेको हो। बैठक...
गोरखा। जलवायु अन्यायविरुद्ध सामागाउँका युवा आमरण अनशन बस्ने भएका छन्। हिमाली क्षेत्रले भोगिरहेका दुःखकाविरुद्धमा जिल्लाको चुमनुब्री गाउँपालिका–१ सामागाउँका युवाले मनास्लु बेसक्यापमा आमरण अनशन बस्ने...
काठमाडौं । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुअघि सर्वदलीय बैठक राख्न सुझाव दिएका छन् । मंगलवार...
हेटौंडा । हेटौंडाबाट काठमाडौं जाँदै गरेको विद्युतीय ९ईभी०गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्ले सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय भीमफेदीका...
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी एकताबद्ध भएर अघि बढ्न अपिल गरेका छन् । देउवाले मंगलबार ७ बुँदे अपिल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend