काठमाडौँ । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले केयर वर्क घर, समुदाय तथा राष्ट्रको एक पेसा मात्र नभएर मानवीय सेवा पनि हो भनेकी छन् ।
बिहीबार यहाँ आयोजित एक कार्यक्रममा उनले भनिन्, “बाल्यकालदेखि वृद्धावस्थासम्मका केयर वर्कसम्बन्धी समग्र गतिविधिलाई केवल पेसा वा जागिरका रूपमा मात्र हेरिनु हुँदैन, यो मानवीय सेवा पनि हो ।”
केयर वर्कसम्बन्धी गतिविधिको घर, समुदाय तथा राष्ट्रियस्तरमा मूल्याङ्कन कम भएको र अर्थतन्त्रमा यसको योगदानका बारेमा खोजी नगरिएको बताउँदै मन्त्री राणाले मुलुकमा यस क्षेत्रको योगदान कृषिको हाराहारीमा रहेको, प्रायस् महिलाले यसको असमान भार वहन गरिरहेका, यसले अर्थतन्त्र, राजनीति र सार्वजनिक जीवनमा हुने महिला सहभागितालाई अवरुद्ध गरेको उल्लेख गरिन् ।
नेपालले परिवर्तनको आवश्यकतालाई पहिचान गरेको, १६औँ योजनाले पहिलोपटक केयर वर्कलाई हाम्रो विकास दृष्टिकोणको केन्द्रमा राखेको उनले बताइन्। मन्त्री राणाले केयर वर्कको क्षेत्रमा गरिने लगानीलाई खर्चका रूपमा नलिई उच्च प्रतिफलयुक्त लगानीका रूपमा हेरिनुपर्ने बताउँदै उनले स्वास्थ्य र शिक्षा क्षेत्रमा विद्यमान यसको अभावलाई पूरा गर्न सके देशमा लाखौँले रोजगारी पाउने र कम्तीमा त्यो अवसर ६० प्रतिशत महिलाहरूको पक्षमा रहने अध्ययनहरूले देखाएका जानकारी दिइन् ।
दशकौँअघिदेखि आफूहरूले मुलुकको सुदूरपश्चिम तथा अन्य क्षेत्रमा सुरक्षित मातृत्व तथा लैङ्गिक समानता कायम गर्ने अथक प्रयास जारी राखेको बताउँदै मन्त्री राणाले परिणामस्वरुप देशमा मातृ तथा शिशु मृत्युदर घटाउँदै दिगो विकासका लक्ष्य हासिल गर्ने दिशामा अग्रसर भएको चर्चा गरिन् ।
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदीलय बैठक बोलाएका छन्। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार शीर्ष नेतृत्वबीचको सर्वदलीय बैठक बुधबार बस्न लागेको हो। बैठक...
गोरखा। जलवायु अन्यायविरुद्ध सामागाउँका युवा आमरण अनशन बस्ने भएका छन्। हिमाली क्षेत्रले भोगिरहेका दुःखकाविरुद्धमा जिल्लाको चुमनुब्री गाउँपालिका–१ सामागाउँका युवाले मनास्लु बेसक्यापमा आमरण अनशन बस्ने...
काठमाडौं । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुअघि सर्वदलीय बैठक राख्न सुझाव दिएका छन् । मंगलवार...
हेटौंडा । हेटौंडाबाट काठमाडौं जाँदै गरेको विद्युतीय ९ईभी०गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्ले सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय भीमफेदीका...
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी एकताबद्ध भएर अघि बढ्न अपिल गरेका छन् । देउवाले मंगलबार ७ बुँदे अपिल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend