Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • एमाले विधान महाधिवेशन प्रतिनिधिसँग शुल्क नउठाउने, सबै खर्च पार्टीले नै व्यहोर्ने


    बुधबार, भाद्र १८ २०८२
    650
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेले विधान महाधिवेशन प्रतिनिधिसँग कुनै शुल्क नउठाउने भएको छ ।

    भदौ २० गतेदेखि सुरु हुने विधान महाधिवेशनमा आउने प्रतिनिधिसँग कुनै शुल्क नलिइने महासचिव शंकर पोखरेलले बताए ।

    उनले भने, ‘हाम्रो विगतमा शुल्क उठाउने परम्परा थियो, यस पटक हामीले नउठाउने निर्णय गरेका छौँ । पार्टी केन्द्रबाट खर्चको व्यवस्थापन हुन्छ। खर्च कति लाग्छ भन्ने अहिले अनुमान गर्न गाह्रो छ। अधिवेशन सम्पन्न भइसकेपछि सार्वजनिक गर्नेछौँ। स्वभाविक रूपमा पनि वैधानिक पार्टी भएकाले कति खर्च लाग्यो हिसाब किताब गरिहाल्छौँ ।’

    उनले नेपाली राजनीतिमा खर्चलाई पारदर्शी हिसाबले राख्ने पार्टी एमाले नै भएको जिकिर गरे । विधान महाधिवेशनमा दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना गरी कूल २ हजार ३ सय ४१ जनाको सहभागी हुँदैछ ।

    प्रतिनिधिहरूलाई खानाको व्यवस्था कार्यक्रम गर्ने र बास भने आफैँले मिलाउनुपर्ने जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार