काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय समितिले मलेसियाका लागि नेपाली राजदूत नेत्रप्रसाद तिम्सेनाको गतिविधिप्रति गम्भीर आपत्ति प्रकट गरेको छ।
संघले जारी गरेको विज्ञप्तिमा मिति २०७९ जेठ २६ मा परराष्ट्र मन्त्रालयद्वारा प्रमाणीकरण गरिएको विधानअनुसार, राष्ट्रिय समन्वय परिषद्–मलेसियाको नवौं महाधिवेशन २०२५ कात्तिक २७ मा वैधानिक रूपमा सम्पन्न भई सर्वसम्मतिले कार्यसमिति निर्वाचित भएको स्मरण गराइएको छ। तर, संघको विधानले तोकेको समयसीमा बाहिर आयोजित एक कार्यक्रममा राजदूतले आधिकारिक सहभागिता जनाउँदै निर्वाचित कार्यसमितिको अपहेलनापूर्ण व्यवहार देखाएको भन्दै आपत्ति जनाइएको छ।
विज्ञप्तिमा भनिएको छ–‘राजदूतले वैधानिक निमन्त्रणा अस्वीकार गर्नुमात्र नभई विधानविपरीत कार्यक्रमलाई समर्थन गर्नु, निर्वाचित पदाधिकारीमाथि पदको मर्यादाविपरीत आरोप लगाउनु र सर्वोच्चमा विचाराधीन मुद्दाको अपहेलनासमेत गर्नु गैरजिम्मेवार र निन्दनीय कार्य हो ।’
संघले यस्तो कदमले विश्वभरिका गैरआवासीय नेपालीबीचको एकता, विश्वास र संस्थागत गरिमामा गम्भीर चोट पुर्याएको आरोप लगाएको छ। साथै, भविष्यमा यस्ता गैरजिम्मेवार गतिविधि दोहोरिन नदिन प्रधानमन्त्री कार्यालय र सम्बन्धित निकायसँग तत्काल आवश्यक कदम चाल्न माग गरेको छ ।
संघले विदेशमा रहेका नेपालीलाई एकताबद्ध गर्नुपर्ने बेलामा नेपालका जिम्मेवार नेताहरूसमेत विभाजनकारी कार्यक्रममा सहभागी भएकोप्रति दुःख प्रकट गरेको छ।
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदीलय बैठक बोलाएका छन्। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार शीर्ष नेतृत्वबीचको सर्वदलीय बैठक बुधबार बस्न लागेको हो। बैठक...
काठमाडौं । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुअघि सर्वदलीय बैठक राख्न सुझाव दिएका छन् । मंगलवार...
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी एकताबद्ध भएर अघि बढ्न अपिल गरेका छन् । देउवाले मंगलबार ७ बुँदे अपिल...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अली भाटले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गर्न सरकारसँग माग गरेका छन् । आज मंगलवार बसेको...
काठमाडौं। नेपाली कांग्रेसले निर्वाचन निर्देशिका २०८३ जारी गरेको छ। पार्टीको १५ औं महाधिवेशनलाई मर्यादित,व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले केन्द्रीय निर्वाचन समितिले नयाँ निर्देशिका जारी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend