Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • मुम्बईबाट आएको इन्डिगो एयरको विमान ‘ओभरसुट’, आकाशमै फन्को मार्दै


    मंगलबार, भाद्र १७ २०८२
    740
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भारतको मुम्बइबाट आएको इन्डिगो एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको बेला ओभरसुट गरिएको छ ।

    मंगलबार दिउँसो २ बजेर ९ मिनेटमा अवतरण गर्ने तालिका भएपनि जहाज ‘मिस्ड अप्रोच’ भएको हो ।

    विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार इन्डिगो एयरको (फ्लाइट नम्बर ६ ई ११५७) जहाज निर्धारित समयअनुसार काठमाडौं आइसकेको भएपनि आवश्यक अवतरण प्रक्रिया पूरा गर्न नसकी आकाशमै फन्को मार्नुपरेको हो ।

    विमानस्थलमा ल्याण्ड गर्ने तयारी गरेपनि ल्याण्ड हुन नसकेको हो ।

    यसअघि दिल्ली, बैंकक र दुबईबाट आएका विमान भने निर्धारित समयमा सुरक्षित रूपमा अवतरण गरिसकेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार